संसद पुनःस्थापना भए थप समस्या हुन्छ : नायव महान्यायाधिवक्ता

काठमाडौँ । नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले प्रतिनिधिसभा (संसद) पुनःस्थापना भए थप समस्या हुने तर्क गरेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारी पक्षबाट बहस गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापना समस्या हुने तर्क गरेका हुन् ।
‘विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रिएको छ, अहिले पुनःस्थापना भएपछि थप ठूलो समस्या आउँछ,’ पाण्डेयले भने, ‘संसद् पुनःस्थापना भएपछि राजनीतिक समस्या समाधान नहुने कुरा बाहिर आइरहेको छ, त्यसकारण रिट जारी हुनु हुँदैन ।’
न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अदालतको कारण राजनीतिक अस्थिरता भएको हो भन्ने प्रश्नमा उनले अदालत पनि राजनीतिक अस्थिरताको कारण भएको उत्तर दिएका थिए ।
सरकारी पक्षबाट बहस गर्ने क्रममा पाण्डेयको समय सकिएको छ । अहिले अर्का नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले बहस शुरु गरेका छन् ।

















पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया