मंगलबार, माघ ६, २०८२

संसद पुनःस्थापना भए थप समस्या हुन्छ : नायव महान्यायाधिवक्ता

मेरोन्यूज २०७८ असार १५ गते १५:५३

काठमाडौँ । नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले प्रतिनिधिसभा (संसद) पुनःस्थापना भए थप समस्या हुने तर्क गरेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारी पक्षबाट बहस गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापना समस्या हुने तर्क गरेका हुन् ।

Advertisement
thakur moters insidethakur moters inside

‘विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रिएको छ, अहिले पुनःस्थापना भएपछि थप ठूलो समस्या आउँछ,’ पाण्डेयले भने, ‘संसद् पुनःस्थापना भएपछि राजनीतिक समस्या समाधान नहुने कुरा बाहिर आइरहेको छ, त्यसकारण रिट जारी हुनु हुँदैन ।’

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अदालतको कारण राजनीतिक अस्थिरता भएको हो भन्ने प्रश्नमा उनले अदालत पनि राजनीतिक अस्थिरताको कारण भएको उत्तर दिएका थिए ।

सरकारी पक्षबाट बहस गर्ने क्रममा पाण्डेयको समय सकिएको छ । अहिले अर्का नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले बहस शुरु गरेका छन् ।

प्रतिक्रिया