चार दुग्ध उद्योगमाथि कारबाही
मेरोन्यूज
२०७८ असार १५ गते १९:३१

धादिङ । जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ ।
अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई रु १० हजार, एन के दुग्ध उद्योगलाई रु १५ महांकाल दुग्ध उद्योगलाई रु १० हजार र खनाल दुग्ध उद्योगलाई रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो ।
सम्बन्धित
















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया