भेनेजुएलामा कोभिड–१९ विरुद्ध व्यापक खोप अभियान शुरु

काराकास । भेनेजुएलाका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ विरुद्ध राजधानी काराकासमा व्यापक खोप अभियान शुरु गरेका बताएका छन् । भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको छ ।
क्युबाली खोप उत्पादक बायोक्युबाफर्माका स्थानीय प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले यस खोप अभियानमा प्रयोग भएको क्युबाली खोप पहिलो डोज लगाइने बताउँदै यसको प्रभावकारिता निकै उत्कृष्ट रहेको दाबी गरे । हालैमात्र क्युबाले भेनेजुएलाको स्वास्थ्य मन्त्रालयसँग एक करोड २० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको थियो ।
यो खोप आगामी चार महिनाभित्र भेनेजुएलालाई उपलब्ध गराइने क्युबाली अधिकारीहरुले बताएका छन् । दुई देशबीच भएको यो सम्झौताबाट करिब ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ । क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनु पर्दछ ।
पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला आइपुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबाफर्माका अल्मेन्डेर्सले बताए । क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने बताउँदै अल्मेन्डेर्सले भने, यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको छ ।
















बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया