नेपाल पक्षकाे माग अनुसार एमाले २०७५ जेठ २ अगाडि फर्कने

काठमाडाैं । नेकपा (एमाले)ले पार्टीका संरचनालाई जेठ २ अगाडिकाे अवस्थामा फर्काउने भएकाे छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे ओली पक्षीय स्थायी कमिटी बैठकले पार्टी संरचनालाई २०७५ जेठ पूर्वकाे अवस्थामा फर्काउने निर्णय गरेकाे हाे ।
एमालेकाे माधवकुमार नेपाल पक्षले पार्टीका संरचनालाई जेठ २ अगाडिकाे अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएकाे थियाे । २०७५ जेठ २ अगाडि फर्कने स्थायी कमिटीकाे निर्णयलाई अनुमाेदन गर्न एमाललेले पर्सि केन्द्रीय कमिटीकाे बैठक बाेलाउने तयारी गरेकाे छ ।
बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था जटिल र संकटपूर्ण भएको निष्कर्षसहित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते आव्हान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गरेका थिए ।
अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसद्ले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका छन् । उक्त हस्ताक्षर फिर्ता भएमा पार्टीले गरेका कारबाही फिर्ता गरिने र यसबीचका विवादका कारण कसैप्रति पूर्वाग्रह नराखिने अध्यक्ष ओलीको प्रस्ताव थियो ।
यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न १६ गते बिहान ११ महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने तय गरेको थियो ।
सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो ।
















स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
22 days to go for voting: Voter education to run at 6,743 wards
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया