तीन पटकको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा
मेरोन्यूज
२०७८ असार १६ गते ६:४१

काठमाडौं । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा २-० गोलको अन्तरले इंग्ल्याण्ड जर्मनीलाई हराउँदै क्वर्टफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन राहिम स्टर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।
स्टर्लिङले खेलको ७५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने केनले ८६ औँ मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे ।
यसअघि जर्मनीका लागि थोमस मुलरले गोलको सुन्दर अवसर गुमाएका थिए । यो जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौँ टोली बनेको छ । अब इंग्ल्याण्ड युक्रेन र स्वीडेनबीचको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ । स्विडेन र युक्रेनबीचको खेल आज राती नै हुनेछ । एजेन्सी
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया