तीन पटकको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा
मेरोन्यूज
२०७८ असार १६ गते ६:४१

काठमाडौं । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा २-० गोलको अन्तरले इंग्ल्याण्ड जर्मनीलाई हराउँदै क्वर्टफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन राहिम स्टर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।
स्टर्लिङले खेलको ७५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने केनले ८६ औँ मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे ।
यसअघि जर्मनीका लागि थोमस मुलरले गोलको सुन्दर अवसर गुमाएका थिए । यो जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौँ टोली बनेको छ । अब इंग्ल्याण्ड युक्रेन र स्वीडेनबीचको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ । स्विडेन र युक्रेनबीचको खेल आज राती नै हुनेछ । एजेन्सी
सम्बन्धित









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया