देवदहमा कार दुर्घटना हुँदा त्रिविका सहप्राध्यापक भण्डारीको मृत्यु
मेरोन्यूज
२०७८ असार १६ गते ८:५३

काठमाडौं । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन् । वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको छ ।
दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो । यसअघि भण्डारी परीक्षा नियन्त्रण कार्यालयको सहनियन्त्रकको रुपमा काम गरेका हाल त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक थिए ।
सम्बन्धित















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया