देवदहमा कार दुर्घटना हुँदा त्रिविका सहप्राध्यापक भण्डारीको मृत्यु
मेरोन्यूज
२०७८ असार १६ गते ८:५३

काठमाडौं । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन् । वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको छ ।
दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो । यसअघि भण्डारी परीक्षा नियन्त्रण कार्यालयको सहनियन्त्रकको रुपमा काम गरेका हाल त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक थिए ।
सम्बन्धित
















सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
प्रतिक्रिया