बागमतीमा पानीको बहाब बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह
मेरोन्यूज
२०७८ असार १६ गते १०:३९

काठमाडौं । गएरातिदेखि आएको भारी वर्षाका कारण बागमती र लालबकैया खोलामा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ । बागमती,लालबकैया,चादी लगाएतका खोला तथा नदीमा पानीको सहत बढ्दै जाँदा जिल्लाका दक्षिणी भेगका गाउँहरु डुवानमा पर्ने खतरा बढ्दै गएकाले जिल्ला प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव अहिले बागमतीमा पाँच सय ३० मिलि पानी मापन भएका कारण सतर्क रहन आग्रह गरिएको जानकारी दिए ।
बागमतीको पानीको सतह पाँच सय मिलिभन्दा माथि रहे तटीय क्षेत्रमा खतरा हुने मानिएको छ ।
गत वर्ष बागमती र लालबकैया खोलामा आउने बाढीका कारण गौर डुवानमा परेको थियो ।
सम्बन्धित
















चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
अन्तरिम सरकारका ४ मन्त्री चुनावी मैदानमा
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
प्रतिक्रिया