बालिका अपहरण गरी भारत लैजाने एक जना जेल चलान
काठमाडौँ । बालिकालाई अपहरण गरेको आरोपमा सप्तरी अदालतले मंगलबार एक जनालाई कारागार चलान गरेको छ । न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज २ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो ।
अपहरणको खबरलगत्तै सक्रिय बनेको जिल्ला प्रहरीले १५ मिनेटमा बालिकाको सकुशल उद्धार गरेको थियो । राजविराजबाट अपहरित १४ वर्षीय बालिकालाई भारत लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय रुपनीले देवलाई पक्राउ गरी बालिकालाई सकुशल उद्धार गरेको थियो ।
राजविराजस्थित घरबाट आरोपीले जेठ २० गते ललाइफकाई बुवाको साथी भनी मोटरसाइकलमा लिएर गएको पीडितले बयान दिएकी छन् । राजविराजबाट ९ किलोमिटर उत्तर रुपनी नजिक पुगेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेपछि मात्रै बालिकाले अपरहणमा परेको जानकारी पाएकी थिइन् ।
प्रदेश २–०३–०१३प ४६८२ नंको अपाची मोटरसाइकलमा आएका आरोपीले बुवाको साथी भन्दै बालिकालाई लगेका थिए । समयमा नै सबै नाकामा कडाइ गरी जाँच गर्दा आरोपी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया