भारतमा घट्दै कोरोना संक्रमित दर, थप ४६ हजार जनामा कोरोना पुष्टि
काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९) करिब ४६ हजार मानिसमा पुष्टि भएको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो ।
अघिल्लो दिनको तुलनामा बुधबार सार्वजनिक गरिएको तथ्यांकमा केही बढी देखिएको सरकारी अधिकारीहरूले जनाएका छन् । अघिल्लो दिन ३७ हजार ५६६ जना नयाँ संक्रमित थपिएको विवरण संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको थियो ।
मंगलबार सार्वजनिक गरिएको तथ्यांकमा १०२ दिनपछिकै सबैभन्दा कम संक्रमित भएको देखिएको थियो । भारतमा लामो समयदेखि दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिदै आएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० हजार ७२९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ८१७ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।
















निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया