शनिबार, जेठ ३, २०८२

भारतमा घट्दै कोरोना संक्रमित दर, थप ४६ हजार जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ असार १६ गते १५:४६

काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९) करिब ४६ हजार मानिसमा पुष्टि भएको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो ।

अघिल्लो दिनको तुलनामा बुधबार सार्वजनिक गरिएको तथ्यांकमा केही बढी देखिएको सरकारी अधिकारीहरूले जनाएका छन् । अघिल्लो दिन ३७ हजार ५६६ जना नयाँ संक्रमित थपिएको विवरण संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको थियो ।

मंगलबार सार्वजनिक गरिएको तथ्यांकमा १०२ दिनपछिकै सबैभन्दा कम संक्रमित भएको देखिएको थियो । भारतमा लामो समयदेखि दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिदै आएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० हजार ७२९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ८१७ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया