इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने रेग्मी पक्राउ

काठमाडौं । ललितपुरको टिकाथलीबाट वर्किङ भिषामा इटाली पठाई दिन्छु भन्दै ३१ लाख ५० हजार रकम लिई अजरबैजान सम्म पुराएर बिचल्ली बनाई ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
मंगलबार महानगरीय अपराध महाशाखाको विशेष टोलीले उदयपुरको त्रियुगा नगरपालिका ७ घर भई हाल काठमाडौंको बुढानिलकण्ड बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो । पक्राउ परेका रेग्मीले जिल्ला रामेछाप उमाकुण्डगाउँपालिका ३ बस्ने २३ वर्षीय सौगात सुनुवार समेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाई दिन्छु भनी प्रलोभनमा पारी जनही रु १० लाख ५० हजारका दरले उठाएका थिए ।
प्रहरीका अनुसार रेग्मीले तिनै जनाबाट ३१ लाख ५० हजार रकम लिई अजरबैजान सम्म पुराएर बिचल्ली बनाई फरार रहेका थिए । रेग्मीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएकोले निजलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया