घरबेटी सरस्वती प्रधानले दिइन् रूपा सुनारविरुद्ध उजुरी

काठमाडौं । कोठा नदिएको अभियोगमा ३ दिन हिरासत बसेका घरबेटीले रुपा सुनार विरुद्ध उजुरी दिएकी छन् । दलित भन्दै कोठा नदिएको आरोपमा ३ दिन हिरासतमा बसेर रिहा भएका घरबेटी सरस्वती प्रधानले आफ्नो अनुमति विना फोन रेकर्ड गरि व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको आरोपमा सञ्चारकर्मी सुनार विरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएकी हुन् ।
रुपाले आवश्यकताविना नै आपराधिक नियतका साथ कोठा खोज्न आएर बहानावाजी गरेको सरस्वतीले उजुरीमा दावी गरेकी छन् । ‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ’, उनले उजुरीमा भनेकी छन् ।
दुईवटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा मिलिसक्दा रुपाले नै जातको कुरा निकालेको सरस्वतीले बताएकी छन् । सरस्वतीले रुपासहित उनीसँग आएका दुई साथीहरुलाई पनि कारवाहीको माग गरेकी छन् ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया