पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील, चार आर्य सत्य सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताएका छन् ।
२५७०औँ बुद्ध जयन्तीका अवसरमा आज आयोजित ‘बृहद् बौद्धसभा’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौती, द्वन्द्व, असहिष्णुता, जलवायु सङ्कट र मानवीय मूल्यको क्षयबाट गुज्रिरहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको स्पष्ट पारे ।
उनले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताए । बुद्धका मार्गदर्शनले व्यक्ति, समाज र राष्ट्रमात्र नभई समग्र विश्वलाई नै सकारात्मक बाटोतर्फ डोर्याउने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्त्वपूर्ण योगदान दिन सक्ने सबैको विश्वास रहेको बताए ।
उनले बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवमात्र होइन, जिम्मेवारीको विषय पनि भएको भन्दै विविधता र बहुलताको समुचित व्यवस्थापन गर्दै शान्तिपूर्ण सहअस्तित्व कायम गर्नु आजको नेपालको आवश्यकता भएको बताए ।
राष्ट्रपति पौडेलले भने, “वैशाख शुक्ल पूर्णिमाका पावन दिनमा बुद्धको जन्म, सम्यक् सम्बोधि (ज्ञान प्राप्ति) तथा महापरिनिर्वाणजस्ता त्रिसंयोग रहेको यो दिवस एक अद्वितीय क्षणको प्रतीक हो ।”
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया