कुशल र ज्ञानेन्द्रको बरियतामा सुधार
मेरोन्यूज
२०७८ असार १६ गते १९:४५

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् ।
यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा रहेका थिए । आईसीसीले जारी गरेको बरियतामा नेपालबाट भूर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् ।
बरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहेका छन् । यस्तै लामिछाने ७६औँ स्थानमा रहेका छन् । नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।
सम्बन्धित












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया