नेता नेपाल पक्षको स्थायी कमिटी बैठक सुरू

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरू भएको छ । बिहिबार बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेरनहुने विषयमा छलफल गर्न बैठक बसेको हो ।
बुधाबार बसेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रिय केमिटीमा रुपान्तरण गरी बिहिबारको लागि बैठक बोलाएको छ ।तर, नेपाल पक्षले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा बैठक बस्नु पर्ने भन्दै नेपाल पक्षमा भोलिको बैठकमा जान नहुने मत धेरैको छ ।
बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेता नेपालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता सहभागी छन् । आफ्नो पक्षीय स्थायी कमिटी र केन्द्रीय सदस्यहरूसँगको छलफलपछि मात्र नेपाल पक्षले केन्द्रीय बैठकमा सहभागी हुने वा नहुने निष्कर्षमा पुगिने नेताहरूले बताएका छन् ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया