नेता नेपाल पक्षको स्थायी कमिटी बैठक सुरू

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरू भएको छ । बिहिबार बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेरनहुने विषयमा छलफल गर्न बैठक बसेको हो ।
बुधाबार बसेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रिय केमिटीमा रुपान्तरण गरी बिहिबारको लागि बैठक बोलाएको छ ।तर, नेपाल पक्षले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा बैठक बस्नु पर्ने भन्दै नेपाल पक्षमा भोलिको बैठकमा जान नहुने मत धेरैको छ ।
बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेता नेपालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता सहभागी छन् । आफ्नो पक्षीय स्थायी कमिटी र केन्द्रीय सदस्यहरूसँगको छलफलपछि मात्र नेपाल पक्षले केन्द्रीय बैठकमा सहभागी हुने वा नहुने निष्कर्षमा पुगिने नेताहरूले बताएका छन् ।















स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
ऋषि धमलाले रौतहट-४ मा गराए उम्मेदवारी दर्ता
सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया