नेपाल पक्षको अनुपस्थितीमा एमाले केन्द्रिय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको एमाले केन्द्रिय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी गराए ।
उनका अनुसार पार्टीको केन्द्रिय कमिटी बैठकमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष अनुपस्थित छन् भने पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी भएका छन् । बैठकमा पार्टीको आन्तरिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरी १० औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेपछि पार्टीमा विवाद हुँदै आएको थियो ।
नेपाल पक्षले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएको थियो । सर्वोच्च अदालतले १०अैं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि ओली पार्टीलाई पहिलाको अवस्थामा फर्काउन तयार भएका हुन् । बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटीलाई भंग गरी केन्द्रिय कमिटीमा रुपान्तरण गरेको थियो भने स्थायी कमिटीमा माओवादी खेमाका चार नेता र एमालेका ३ जेठमा एमाले र माओवादी पार्टी एकता हुँदा स्थायी कमिटीमा थपिएका केही नेतालाई स्थायी कमिटीमा थपिएको थियो ।
नेपाल पक्षले २ जेठ २०७५ को अवस्थामा पार्टीको बैठक बसेर नेताहरुलाई स्थायी कमिटीमा थप्नु पर्ने बताउदै आएको छ । नेता नेपाल पक्षको बिहिबार बसेको स्थायी कमिटी बैठकले पार्टीको केन्द्रिय कमिटी बैठक एक पक्ष रुपमा बोलाएको भन्दै बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको थियो ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया