नेपाल पक्षको अनुपस्थितीमा एमाले केन्द्रिय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको एमाले केन्द्रिय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी गराए ।
उनका अनुसार पार्टीको केन्द्रिय कमिटी बैठकमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष अनुपस्थित छन् भने पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी भएका छन् । बैठकमा पार्टीको आन्तरिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरी १० औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेपछि पार्टीमा विवाद हुँदै आएको थियो ।
नेपाल पक्षले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएको थियो । सर्वोच्च अदालतले १०अैं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि ओली पार्टीलाई पहिलाको अवस्थामा फर्काउन तयार भएका हुन् । बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटीलाई भंग गरी केन्द्रिय कमिटीमा रुपान्तरण गरेको थियो भने स्थायी कमिटीमा माओवादी खेमाका चार नेता र एमालेका ३ जेठमा एमाले र माओवादी पार्टी एकता हुँदा स्थायी कमिटीमा थपिएका केही नेतालाई स्थायी कमिटीमा थपिएको थियो ।
नेपाल पक्षले २ जेठ २०७५ को अवस्थामा पार्टीको बैठक बसेर नेताहरुलाई स्थायी कमिटीमा थप्नु पर्ने बताउदै आएको छ । नेता नेपाल पक्षको बिहिबार बसेको स्थायी कमिटी बैठकले पार्टीको केन्द्रिय कमिटी बैठक एक पक्ष रुपमा बोलाएको भन्दै बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको थियो ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया