मानव तस्करीमा नेपाल दोस्रो स्थानमा, अमेरिकाको प्रतिवेदन सार्वजनिक
काठमाडौँ । अमेरिकी सरकारले मानव तस्करीबारे वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बिहीबार विश्वव्यापी मानव तस्करीबारे ६४४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवदेनअनुसार नेपाल दोस्रो श्रेणीमा रहेको जनाएको छ । नेपाल सरकारले मानव तस्करी उन्मूलनका लागि प्रयास गरे पनि न्यूनतम मापदण्ड नै पूरा गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ । कोभिड–१९ ले तस्करी रोक्ने सरकारी प्रयासलाई असर गरे पनि यसअघिको तुलनामा राम्रो प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ ।
मानव तस्करीको रोकथामका लागि सरकारले सम्पूर्ण पहल र नियम पालना गरेको खण्डमा अमेरिकाले त्यस्ता देशलाई पहिलो श्रेणीमा राख्दै आएको छ । तर, थप कमजोर रहेको अवस्थामा भने दोश्रो श्रेणीको तहमा राख्ने गरिएको छ ।
यस अवधिमा नेपाल सरकारले जोखिमपूर्ण वैदेशिक रोजगारीमा कामदार भर्तीसम्बन्धमा दुई भ्रष्ट कर्मचारीलाई दोषी ठहर गरेको, महिलालाई वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाइएका केही पक्षमा फुकुवा गरेको र मानव तस्करीबारे सचेतना फैलाएकाले दोस्रो श्रेणीमा राखिएको जनाइएको छ ।
१३ वर्षदेखि अमेरिकाले नेपाललाई मानव तस्करीको विषयमा दोस्रो श्रेणीमामा राख्दै आएको छ । सरकारले पूर्ण रुपमा मानव तस्करीको रोकथाम कम गर्न नसकेको तर उल्लेख्य पहल गरेको खण्डमा दोस्रो श्रेणीमा राख्ने गरिएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया