मानव तस्करीमा नेपाल दोस्रो स्थानमा, अमेरिकाको प्रतिवेदन सार्वजनिक
काठमाडौँ । अमेरिकी सरकारले मानव तस्करीबारे वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बिहीबार विश्वव्यापी मानव तस्करीबारे ६४४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवदेनअनुसार नेपाल दोस्रो श्रेणीमा रहेको जनाएको छ । नेपाल सरकारले मानव तस्करी उन्मूलनका लागि प्रयास गरे पनि न्यूनतम मापदण्ड नै पूरा गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ । कोभिड–१९ ले तस्करी रोक्ने सरकारी प्रयासलाई असर गरे पनि यसअघिको तुलनामा राम्रो प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ ।
मानव तस्करीको रोकथामका लागि सरकारले सम्पूर्ण पहल र नियम पालना गरेको खण्डमा अमेरिकाले त्यस्ता देशलाई पहिलो श्रेणीमा राख्दै आएको छ । तर, थप कमजोर रहेको अवस्थामा भने दोश्रो श्रेणीको तहमा राख्ने गरिएको छ ।
यस अवधिमा नेपाल सरकारले जोखिमपूर्ण वैदेशिक रोजगारीमा कामदार भर्तीसम्बन्धमा दुई भ्रष्ट कर्मचारीलाई दोषी ठहर गरेको, महिलालाई वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाइएका केही पक्षमा फुकुवा गरेको र मानव तस्करीबारे सचेतना फैलाएकाले दोस्रो श्रेणीमा राखिएको जनाइएको छ ।
१३ वर्षदेखि अमेरिकाले नेपाललाई मानव तस्करीको विषयमा दोस्रो श्रेणीमामा राख्दै आएको छ । सरकारले पूर्ण रुपमा मानव तस्करीको रोकथाम कम गर्न नसकेको तर उल्लेख्य पहल गरेको खण्डमा दोस्रो श्रेणीमा राख्ने गरिएको छ ।
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया