बिहीबार, वैशाख १७, २०८३

प्रधानमन्त्री पक्षको दाबी : प्रतिनिधिसभा पुनः स्थापना भए पनि नयाँ सरकार बन्दैन

मेरोन्यूज २०७८ असार १८ गते १२:५५

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले अदालतले पुनः स्थापना गरेको संसदले सरकार दिन नसकेकाले दोस्रो पटक संसदको विघटन गर्न आवश्यकता परेको बताएका छन् ।

Advertisement
NiccNicc

प्रतिनिधि सभाको विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा आज बहस गर्दै उनले संसद पुनः स्थापना भएपनि नयाँ सरकार बन्न नसक्ने जिकीर गरेका छन् । उनले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको उल्लेख गरेका छन् । सभामुख एकातिर, संसद एकातिर र दलहरु एकातिर भएकाले संसदले निकास दिन नसक्ने बताए ।

उनले भने, ‘अविश्वासको प्रस्ताव पनि आउन सकेन, संसदले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भयो । संसदबाट नकारात्मक रिजल्टमात्रै आयो । रिट निवेदकले मागेअनुसार संसद पुनः स्थापना भएमा आउने रिजल्टभन्दा चुनावबाट आउने रिजल्ट उत्तम हुन्छ ।’ उनले अदालतले विघटनको निर्णय सदर गर्नुपर्ने बताए ।

अर्का अधिवक्ता विष्णुमणि अधिकारीले प्रधानमन्त्रीमा गरिएका दावीको निर्क्यौल गर्ने अधिकार राष्ट्रपतिलाई मात्रै भएको बताएका छन् । विश्वासको मत पाउने बलियो आधार नदेखेपछि राष्ट्रपतिले दुवै दावी खारेज गरेको उनले बताए । उनले नयाँ सरकार नबनेपछि सरकारले गरेको सिफारिसबाट प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेको बताए ।

प्रतिक्रिया