बिहीबार, चैत १२, २०८२

बामदेव गौतमलाई स्वागत गर्दै ओलीले भने : आयो, गयो नहोस्

मेरोन्यूज २०७८ असार १८ गते १४:००

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा स्वागत गरेका छन् । गौतम एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएसँगै उनले स्वागत गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले ओली पक्षको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बसेर आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो । आजको बैठकमा गौतम उपस्थित भएका छन् । तर, वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अनुपस्थित छन् ।

बैठकमा गौतमलाई स्वागत गर्दै ओलीले भने, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ, यो फेरि आयो, गयो नहोस् ।’

गौतम नेकपा अनौपचारिक रुपमा विभाजन भएपछि पार्टी एकताको अभियानमा लागेका थिए । तर, सर्वोच्च अदालतले एमाले र माओवादीलाई पहिलेको अवस्थामा फर्काएपछि उनी मौन रहेका थिए ।

प्रतिक्रिया