माओवादीले पदमुक्त गरेका जनप्रतिनिधिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले माओवादीले पदमुक्त गराएका चार जना जनप्रतिनिधिलाई पुनर्वहाली गर्न आदेश दिएको छ । माओवादी पार्टी त्याग गरी एमालेमा प्रवेश गरेको भन्दै माओवादीले निर्वाचन आयोगलाई कारबाही गर्न पत्र लेखेको थियो ।
निर्वाचन आयोगले कारबाही गरेका कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटा, गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका-४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका-४ का वडाध्यक्ष पुरन बि।सिलाई पुनर्वहाली गर्न सर्वोच्च अदालले अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले उनीहरूलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरी एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।
उक्त पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो । त्यसपछि जनप्रतिनिधि सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले निर्वाचन आयोगको कारबाहीलाई बदर गरिदिएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया