माओवादीले पदमुक्त गरेका जनप्रतिनिधिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले माओवादीले पदमुक्त गराएका चार जना जनप्रतिनिधिलाई पुनर्वहाली गर्न आदेश दिएको छ । माओवादी पार्टी त्याग गरी एमालेमा प्रवेश गरेको भन्दै माओवादीले निर्वाचन आयोगलाई कारबाही गर्न पत्र लेखेको थियो ।
निर्वाचन आयोगले कारबाही गरेका कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटा, गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका-४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका-४ का वडाध्यक्ष पुरन बि।सिलाई पुनर्वहाली गर्न सर्वोच्च अदालले अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले उनीहरूलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरी एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।
उक्त पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो । त्यसपछि जनप्रतिनिधि सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले निर्वाचन आयोगको कारबाहीलाई बदर गरिदिएको छ ।









यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया