साढे ३ घण्टापछि कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक साढे ३ घण्टापछि सुरु भएको छ । निर्धारित समयमै केन्द्रीय कार्यालय सानेपा पुगेका शीर्ष नेताहरू गुटको बैठक गर्दा बैठक साढे ३ घण्टापछि सुरु भएको हो ।
उक्त बैठक दिउँसो २ बजे बोलाइएको थियो । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको बिहिबारका लागि डाकिएको बैठक स्थगित गरी आज (शुक्रबार ) तय गरिएको थियो ।
क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड नहुँदा समितिको काम प्रभावित भएको छ । असार २० गतेसम्म काम सक्नुपर्ने जिम्मेवारी पाएको समितिले मापदण्ड नहुँदा विवादित जिल्लाका क्रियाशील सदस्यता छानविनको काम अगाडि बढाउन सकेको छैन । आइतबारको पदाधिकारी बैठकमा समिति संयोजक रमेश लेखकले मापदण्डबारे मौखिक प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावमाथि शीर्ष नेताहरुबीच समान धारणा बन्न नसकेपछि थप छलफल गर्ने गरी शुक्रबार बैठक बोलाइएको हो । पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला, पुर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत रहेका छन् । क्रियाशील सदस्यता छिटो टुंग्याउनुपर्ने दवावमा कांग्रेस छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया