अध्यादेश अश्वीकृत गर्न जसपा सांसदको संसद सचिवालयलाई पत्र (पत्र सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् छलेर अध्यादेशबाट मुलुक चलाउन खोजेको र त्यसरी ल्याइएका अध्यादेश कतिपय असान्दर्भिक रहेको भन्दै जनता समाजवादी पार्टीका दुई सांसदले अध्यादेश अश्वीकृत गर्न संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् ।
संघीय संसद्का महासचिव र राष्ट्रियसभाका सचिवलाई सम्बाेधन गरेर जसपाका राष्ट्रिय सभा सांसद प्रमिला कुमारी र मृगेन्द्रकुमार सिंह यादवले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८९ बमोजिम असार १७ गते सदनमा पेश भएको अध्यादेश अश्वीकृत गर्न सूचना दर्ता गराएका हुन् ।
बिहीबारबाट शुरु भएको राष्ट्रिय सभामा सरकारले यस बीचमा ल्याएका अध्यादेश टेवुल गरेको थियो । जसपाका दुई सांसदले संवैधानिक परिषद् काम कर्तव्य र अधिकार र कार्यविधिसम्बन्धी पहिलो संसोधन अध्यादेश, सपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, आर्थिक अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरी, प्रदेश प्रहरी कार्य सञ्चालन अध्यादेश, विनियोजन अध्यादेश अश्वीकृत गर्न संसद् सचिवालयमा पत्र दर्ता गराएका हुन् ।
सरकारले संसद् नरहेको अवस्थामा ल्याउने अध्यादेश संसद् सुरु भएपछिको पहलिो बैठकमै टेवुल गर्नुपर्ने हुन्छ । यस अगाडि प्रतिनिधिसभामा सरकारले अध्यादेश ल्याएपनि टेवुल हुन सकेको थिएन । अहिले प्रतिनिधिसभा विघटनको अवास्थामा छ । त्यस विषयमा अदालतमा सुनुवाइको क्रममा छ । राष्ट्रिय सभा भने हिजोबाट शुरु भएको छ ।
हेर्नुहोस पत्रः
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया