रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने

काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले अक्सिन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मुल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो ।
१० लिटर क्षमताको अक्सिजन सिलिण्डर प्रति दिन २५० र ४० लिटर क्षमताको प्रति दिन ३७५ रुपैंयामा भाडामा उपलब्ध हुनेछ । त्यसैगरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्टेटर प्रति दिन ५०० रुपैंया र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैंयामा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
आपसी सहमतिमा धरौटी लिएर अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका साथै सिलिण्डर खरिद गर्न चाहनेहरुलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिण्डर ९ हजार ५ सय र ४० लिटरको १४ हजार ५ सय रुपैंयामा उपलब्ध गराउने छ ।
रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा १ घण्टा र मुलुकभर २४ घण्टामा डेलिभरी दिनेछ ।
बन्दाबन्दी खुकुलो हुँदै जाँदा रिचार्जरले घर ,अफिस, स्कुल, होटल,अस्पताल वा डोनेसनको लागी थोकमा कोभिड उपकरण चाहिएको अवस्थामा सहजै उपलब्ध गराउने जनाएको छ । यसका लागि दरबारमार्गस्थित रिचार्जरको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
















रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया