‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौँ महानगरपालिका मुर्दावाद’ लेखिएकाे भित्तेलेखन कामपाले मेट्याे

काठमाडाैं । भित्ते लेखन काठमाडौँ महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको अभद्र नारा मेटिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको अभद्र नारा कामपाले आज मेटेको हो ।
“विसं ‘२०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ”, कामपाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने । कोभिड–१९ महामारीको अग्रपङ्क्तिमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्र बिहीबार कामपाले मेटिदिएको विरोधमा नेविसङ्घले कामपाको प्रमुखको नाममा त्यही भित्तामा अभद्र नारा लेखेर विरोध गरेका थिए ।
“विसं २०७० मा आएर हामीले ‘होर्डिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका थियौँ”, सापकाटोले भने, ‘त्यसैअनुरुप हामीले शहरी सौन्दर्यलाई प्रतिकूल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएका छौँ ।” महामारीको अग्रपङ्क्तिमा खटिएकाहरुप्रति सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको कामपाको ठहर छ ।
नगर प्रहरी प्रमुख सापकोटाले भने, “सम्मानमा बनाएको चित्र आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर विभिन्न माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यही प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीतिअनुसार गर्न नहुने काम भएकाले मेटाएका हौँ ।”
नेविसङ्घले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौँ महानगरपालिका मुर्दावाद’ भन्दै अभद्र नारा लेखेको थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया