नेपाल प्रहरीका कर्मचारीलाई बिना धितो कर्जा दिने

काठमाडौँ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी पत्रमा हस्ताक्षर गरी एक आपसमा आदान प्रदान गरेका हुन् ।
२०७३ असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षका लागि थप सेवासहित नवीकरण गर्ने तथा बिना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कोभिड १९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेशन विभागीय प्रमुख सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
















मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान
प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया