युरोकपमा क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

काठमाडौँ । १६ औँ संस्करणको युरोकप फुटबलअन्तर्गत आज शनिबार क्वाटरफाइनलका दुई खेलहरू हुने भएका छन् । आज राति हुने अन्तिम दुई खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्ने छन् ।
चेक रिपब्लिक र डेनमार्कको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरु हुनेछ ।
यी दुई देशबीच तेस्रोपटक भिड्न लागेका हुन् । यसअघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो ।
यस्तै, इंग्ल्याण्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा राति १२ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुवै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुने छन् ।
इंग्ल्याण्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । इंग्ल्याण्डले प्रि क्वाटरफाइनलमा तीनपटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो । युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।
इंग्ल्याण्डले युक्रेनसँग खेलेको ७ प्रतिस्पर्धामा ४ जित र २ बराबरी खेलेको छ । यस्तै, एक हार व्यहोरेको छ ।


















नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया