शनिबार, वैशाख ५, २०८३

लेबनानमा युद्ध–विराम लागु

मेरोन्यूज २०८३ वैशाख ४ गते १४:१८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता लागु भएको जनाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशकोबीचमा १० दिनको युद्ध–विराम सुरु हुने बताएको जनाइएको छ भने दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले वार्ताका अस्थाइ युद्धविराम गरेको जनाइएको छ ।

स्थायी सुरक्षा व्यवस्था र शान्तिका लागि वार्ताको वातावरण सिर्जना गर्ने प्रयासमा लेबनान र इजरायल दुवैले युद्धविराम लागु गर्ने अमेरिकी विदेश विभागले पुष्टि गरेको छ ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले युद्धविरामको घोषणालाई स्वागत गर्दै यसलाई वाशिङ्टनमा हालैको वार्तामा समेत द्वन्द्वको सुरुवात देखि बेरुतले चाहेको प्रमुख विषयको रुपमा वर्णन गरेका छन् ।

यसैबीच, लेबनानी सेनाले नागरिकहरूलाई युद्धविराम पूर्ण रूपमा लागु नभएसम्म दक्षिणी क्षेत्रका गाउँ र सहरहरूमा नफर्कन आग्रह गरेको छ, भने इजरायली सेनाले कब्जा गरेको क्षेत्रहरू नजिक नआउने चेतावनी पनि दिएको छ ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार द्वन्द्व सुरु भए देखि लेबनानमा दुई हजार १९६ जना भन्दा बढी मानिसहरुले मृत्यु वरण गर्नु का साथै सात हजार १८५ भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया