आइतबार, मंसिर २८, २०८२

प्रधानमन्त्रीलाई दुर्गा प्रसाईको पत्र : सम्बन्धन दिने भए दिनुस्, नत्र बन्द गरिदिनुस् (पत्रसहित)

मेरोन्यूज २०७८ असार १९ गते १४:२६

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्रीलाई चिठी पठाउँदै आफूले सञ्चालन गर्दै आएको मेडिकल कलेजलाई सम्बन्धन दिन आग्रह गरेका छन् । उनले आफ्नो मेडिकल कलेज बिएण्डसीलाई सम्बन्धन दिने भए दिनुस नत्र सधैका लागि बन्द गरिदिनस् भन्दै पत्र पठाएका हुन् ।

शनिबार झापास्थित बिएण्डसि मेडिकल कलेजमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले यस मेडिकल कलेजलाई सम्बन्ध दिने भए दिनुस् नभए सधैँका लागि बन्द गरिदिनुस् भनेका थिए ।

पत्रमा भनिएको छ, ‘अतः यस मेडिकल कलेजलाई सम्बन्धन दिन, वा सरकार आफैले सञ्चालन गर्न वा सधैका लागि बन्द गर्ने विषयमा अविलम्ब स्पष्ट र ठोस निर्णय लिनहुन नेपाल सरकार खासगरी सम्माननीय प्रधानमन्त्री ज्यूसमक्ष मेची अञ्चलका बत्तिस लाख जनताको अनुरोध ।’

प्रतिक्रिया