२४ घण्टामा २,३२८ जनामा कोरोना संक्रमित पुष्टि
मेरोन्यूज
२०७८ असार १९ गते १६:२६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय २८ जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६६ जना संक्रमण मुक्त भएका छन् । यस्तै १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया