भुसालको फोनबाट प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच लामो कुराकानी भएको छ । आफ्नो पक्षका नेता घनश्याम भुसालको फोनमार्फत नेता नेपालले ओलीसँग फोन वार्ता गरेका थिए ।
यसअघि उनीहरूबीच गत बिहीबार राति लामो समय कुराकानी भएको थियो । सो फोन वार्तामा नेता नेपाल पक्षले हिजो शुक्रबार बसेको बैठक रोकेर पार्टी जोगाउन भूमिका खेल्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।
आजको फोन वार्तामा नेता नेपालले पार्टीलाई जेठ २, २०७५ सालको अवस्थामा लैजानु पर्ने माग राखेका थिए । तर, ओलीले पार्टी तपाईहरूको मागअनुसार पहिलेको अवस्था पुगेको बताएका थिए । ओलीको प्रतिउत्तरमा नेपालले अहिले पार्टी फागुन २८, २०७७ अनुसार चलेको बताएका थिए ।
ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका ६ जना नेताहरू ललितपुरस्थित समिट होटलमा वार्तामा जुटेका थिए । वार्ता हुँदै गर्दा घनश्याम भुसाल नेता नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेसँगै भुसालले आफ्नो फोनबाट ओली र नेपालबीच फोन वार्ता गराएका थिए ।
दुई नेताको फोन वार्तासँगै नेता भुसाल समिट होटल हिँडेका थिए । अहिले ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग वार्ता गरिरहेका छन् ।
















तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
भुटानमाथि नेपालको २–१ को जित
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया