सर्वोच्चको फैसलासम्म देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले होइनन् : ओली
मेरोन्यूज
२०७८ असार १९ गते १७:४८

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट फैसला आउँदासम्म शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर रहने एमाले नहुने बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा विघटनको फैसला आउँदासम्म देउवाको पक्षमा जसको हस्ताक्षर रहन्छ, ती एमाले नरहने बताए ।
उनले भने,‘फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन् । पार्टी जेठ २ मा फर्किसकेको छ । जो आउँदैन उसलाई पर्खिदैनौँ । जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।’
उनले आफूले माधव नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ भनेर प्रष्ट बताइसकेको पनि बताए ।
सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया