बुधबार, वैशाख १६, २०८३

माधव नेपाल मनाउन ओलीपक्षका नेताहरु नेपाल निवासमा

मेरोन्यूज २०७८ असार २० गते १०:३४

काठमाडौं । नेकपा एमालेको एकता अविछिन्न राख्न दुवै तर्फका युवा नेताहरु सक्रिय हुन थालेका छन् । उनीहरुले पार्टीका दुई शीर्ष नेता प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपाल दुवैलाई भेट गरी दवाव वढाउन थालेका हुन् ।

Advertisement
NiccNicc

यसैक्रममा दोस्रो तहका नेताहरुले आइतबार विहान कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमै पुगेर पार्टी एकता जोगाउन भन्दै माधव नेपालसँग भेट गरेका छन् । पार्टी एक्ताको पक्षमा माहोल बनाउन र सहमतिको प्रस्थानविन्दुको खोजीमा दुवै पक्षका दोस्रो तहका नेताहरुले विगत केही महिना देखि नै निरन्तर प्रयास गदै आईरहेका छन् ।

त्यसरी गरिएको सम्वादमा आफनो पषका नेताहरुलाइृ निकट नेताहरुले नै विफ्रिङ गदै आईरहेका थिए । तर त्यसो गर्दा पनि एकताको वातावरण नवनेपछि विपरित धुव्रमा रहेर एकता प्रयास गरिरहेका नेताहरु स्वंमको उपस्थितीमा नेताहरुलाई मनाउने गरी अव प्रयास शुरु भएको छ ।

त्यही क्रममा अनौपचारिक रुपमा संवाद गरिरहेका नेताहरु नेता नेपाललाई मनाउन उनकै निवासमा भर्खरै पुगेका हुन् । दुई सातादेखि लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गर्नेछन्। यसअघि नेपाल पक्षधर नेताहरुले मात्र ब्रिफिङ गरेकामा आज ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङले पनि ब्रिफिङ गर्ने भएका हुन् ।

यी नेताहरु अहिले नेपाल निवासमा पुगेका छन् ।

प्रतिक्रिया