बाढी प्रभावित २७८ को हेलिकोप्टरबाट उद्धार
मेरोन्यूज
२०७८ असार २० गते १३:२६

काठमाडौं । पछिल्लो समय आएको बाढी पहिरोले देशैभर क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री विष्णु प्रसाद पौडेलले आइतबार राष्ट्रिय सभाको बैठकमा मनसुनजन्य विपतका कारण १५ वटा पुलको क्षति भएको जानकारी दिए ।
उनका अनुसार पुर्वका खोलाहरुमा बाढी आउँदा २ सय घर डुवानमा परेको देखिएको उनले जानकारी दिए । उनले भने,“देशभर ४३ वटा खानेपानी आयोजनमा क्षति पुगेको छ । कास्की, मनाङ र सिन्धुपाल्चोक लगायतका जिल्लाका साना ठुला गरी २५ जलविद्युत आयोजनामा आशिंक क्षति भएको छ ।”
२७८ जना सिन्धुपाल्चोक, गोर्खा,मनाङका बाढीपिडतलाई हेलिकोप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए ।
गत वर्षको पहिरो र बाढी प्रभावित १३ जिल्लाका रहेका बस्तीको स्थान्तरण गर्न सुरु भएको उनले जानकारी दिए ।
सम्बन्धित
















रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया