प्रधानमन्त्री र विप्लव समूहका नेताबीच भेटवार्ता
मेरोन्यूज
२०७८ असार २० गते १७:३९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भेटवार्ता भएको हो ।
भेटवार्तामा प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरू रहेका थिए । भेटवार्तामा आफूहरूले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
उनले भेटमा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको बताए । उनले राजनीतिमा इमानदारिता सबैभन्दा ठूलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको बताए ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया