पहिरोले ७ घर भत्किए, लाखौँ मूल्य बराबरको क्षति
काठमाडौँ । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा ७ घर भत्किएका छन् । त्यसका साथै लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।
राक्सिरागङ ७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो । यस्तै, केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । मल्लका अनुसार स्थानीय वीरबहादुर सुनारको कच्चीघर, सोही वडाका दुुगुंवागंमा वुद्धिलाल प्रजाको गोठ र गोठमा रहेको तीनवटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको छ ।
यस्तै सोही वडाको धकागं टोलमा रहेको वनैलीमाया प्रजाको घर पहिराले बगाएको छ । अन्य चारा घर जोखिममा रहेको बताइएको छ । पानी परिरहेकाले प्रभावितको उद्धार गरी सुरक्षित स्थानमा पठाउन कठिनाई भएको अध्यक्ष मल्लले जानकारी दिए ।
त्यसैगरी बिकट क्षेत्रका रुपमा रहेको कैलाश गाउँपालिकाको वडा नम्वर २, ३ र ४ मा तीनवटा घर पहिराले भत्काएको छ । गाउँपालिकाका विपद् व्यवस्थापन समितिका ‘फोकल पर्सन’ श्यामकुुमार महतोका अनुसार धेरै खेतहरू पहिराले पुरिएको र चौपायाहरू मरेका छन् ।
कैलाशको वडा नम्वर १० का ३५ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । सो वडाको विभिन्न स्थानमा गएका पहिराले घर जोखिममा परेको हो । स्थानीय मिरा स्याङ्तानका अनुसार सो वडाको सुकुभज्यागङ्, दरवार डाँडा, दुवेखेत, खोला खेत, तिलडाँडामा गए राति परेको अविरल वर्षाले ३५ घरका १७५ जोखिममा परेका छन् ।
















मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान
प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया