दुई सचिव बढुवा गर्न ६ सहसचिवको नाम सिफारिस
मेरोन्यूज
२०७८ असार २० गते २०:५०
काठमाडौँ । नेपाल सरकारको रिक्त दुई सचिव पदका लागि ६ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आज बसेको सचिव बढुवा सिफारिस समितिको ६ जनाको नाम सिफारिस भएको हो ।
सिफारिस सहसचिवमा प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा पठाइएको हो । जसमा प्रशासनतर्फ सहसचिव मधुसुदन बुर्लाकोटी, कृष्णहरी पुष्कर र खगेन्द्रप्रसाद नेपाल रहेका छन् ।
यस्तै, प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल रहेका छन् ।
आजको सिफारिसका आधार आगामी मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ ३ जनामध्ये १ जना र प्राविधिकतर्फ ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्ने छ ।
सम्बन्धित











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया