नेतृ पम्फा भुषाललाई मातृ शोक
मेरोन्यूज
२०७८ असार २१ गते १०:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रभावशाली महिला नेतृ पम्फा भुषाललाई मातृशोक परेको छ । माओवादी केन्द्रकी स्थायी समिति सदस्य समेत रहेकी नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।
इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रचण्डले नेतृ भुषालाई परेको मातृ शोक प्रति दुःख व्यक्त गरेका छन् । भुषालकी आमा इन्द्रकला भुषालको आजै विहान १० बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भएको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया