रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । सोमबार निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस सुरु भएको हो ।
रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफ दिन थालेका छन् । जवाफी बहसका लागि संवैधानिक इजलासले छुट्याएको समय मध्ये २ घण्टा दुई मिनेट बाँकी छ । उक्त समयभित्र निवेदक तर्फबाट बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिनेछन् ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास गठन भएको छ । निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीको तर्फबाट बहस हुने छ ।
स्वतन्त्र राय दिनका लागि सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई–दुईजना एमिकस क्युरी छनोट भएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनबाट बरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी छन् भने नेपाल बारबाट बरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकले एमिकस क्युरीमा प्रतिनिधित्व गरेका छन् ।
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया