आइतबार, चैत १५, २०८२

सरकारले भदौ २४ को घटनाबारे छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति बनाउने

मेरोन्यूज २०८२ चैत १४ गते २२:०१

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई सिफारिस गरेअनुसार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले समिति गठनको निर्णय गरेको हो ।शनिबार साँझ सरकारले शासकीय सुधारका लागि भन्दै सार्वजनिक गरेको कार्यसूचीमा एक हप्ताभित्र उक्त समिति गठन गर्ने उल्लेख गरिएको छ ।

‘सम्वत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने,’ शासकीय सुधारको ७ नम्बर बुँदामा भनिएको छ ।

त्यस्तै, समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया