अमेजनबाट सिइओको पद छाड्दै विश्वका धनी बेजोस, २७ वर्षमा कमाए २०१ अर्ब डलर

काठमाडौँ । विश्वका सबैभन्दा धनी जेफ बेजोसले जुलाई ५ अर्थात आजको दिनदेखि अमेजन कम्पनीको सिइओ पदबाट राजीनामा दिने भएका छन् । उनले पदबाट राजीनामा दिएसँगै यो पदमा एण्डी जेसीले सम्हाल्ने भएका हुन् ।
पदबाट राजीनामा दिँदै बेजोसले जुलाई ५ आफ्नो लागि सबैभन्दा भावुक दिन भएको प्रतिक्रिया दिएका छन् । सन् १९९४ जुलाईमा बेजोसले अमेजन कम्पनीको सुरूवात गरेका थिए ।
सुरूवाती दिनमा इन्टरनेटबाट किताब बेच्ने गरेको अमेजनले विस्तारै अनलाइन व्यापारमा जोड दिएको थियो । आफ्नो सौतानी बुवाले दिएको ३ लाख डलरबाट सुरू गरेको व्यावसायले बेजोस झण्डै २ सय एक अर्ब डलरसहित विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । यसका बाबजुद उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्दा दिएको रकमले उनकी पत्नी विश्वकै सबैभन्दा धनी महिलाको चौथो स्थानमा रहन पुगेकी थिइन् ।
आमावुवाको सम्बन्ध विच्छेद
ज्याक्लिन जोगेर्सन न्युमेक्सिकोमा बस्दै आएकी थिइन् । करिब १६ वर्षको उमेरमा युनिसाइक्लिष्ट टेड जोर्गेन्सनसँग विवाह सम्पन्न भएको थियो । यी दाम्पतीको छोराका रूपमा सन् १९६४ मा जेफ बेजोसको जन्म भएको हो । बेजोसको जन्म भएको एक वर्षमा उनीहरूको सम्बन्ध विच्छेद हुन पुग्यो ।
सम्बन्ध विच्छेदसँगै ज्याक्लिनको काखमा दोहोर जिम्मेवारी थपिन पुग्यो । तर, उनले आफ्नो करियर र छोराको पूरा जिम्मेवारी सम्हालेकी थिइन् । विभिन्न काममा जोडिएकी ज्याक्लिनको भेट माइक बेजोससँग हुन पुग्यो । उनीहरूको भेट भएसँगै विवाहमा परिणत गरे । त्यस समय बेजोस ४ वर्ष भएका थिए । यही क्रममा जेफले बेजोस नाम आफ्नो पिताभन्दा सौतानी बुवाबाट पाएका हुन् ।
स्कुले जीवनमा नै व्यापार सुरू
स्कुलेले जीवनमा नै बेजोस यो जान्न चाहन्थे कि कुन वस्तुले कसरी काम गरिरहेको हुन्छ । त्यसैले बेजोसले आफ्नो परिवारको ग्यारेजलाई प्रयोगशालामा बदलिदिएका थिए । हाइस्कुलको जीवन कालमा नै उनले पहिलो व्यापार ‘द ड्रिम इन्स्टिट्युट’ सुरू गर्न पुगे ।

यो पढाईसम्बन्धी व्यापार रहेको थियो । यसमा भाग लिने ६ जना विद्यार्थीबाट बेजोसले ६ सय डलर आम्दानी गरेका थिए । उनले कम्प्युटर साइन्स तथा इलेक्ट्रिकल इञ्जिनियरिङका साथ सन् १९८६ मा प्रिन्सटन विश्वविद्यालयबाट स्नातक पूरा गरेका थिए ।
जागिरको सुरूवात
बेजोसले सन् १९८८ मा इन्टेल, बेल ल्याब्स तथा एण्डरसन कन्सल्टिङमा काम सुरू गरेका थिए । उनले सोही कम्पनीमा करिब ८ वर्ष काम गरेका थिए । सन् १९९३ मा उनले जागिर छाडेर अनलाइन ुबुक स्टोरु लञ्च गरेका थिए ।
ग्यारेजबाट अमेजनको सुरू
५ जुलाई १९९४ मा बेजोसले आफ्ना पिताको ग्यारेजबाट अमेजन कम्पनीको सुरू गरेका थिए । यसका लागि उनको सौतानी बुवाले ३ लाख डलर सहयोग गरेका थिए ।
अमेजनको वेबसाइटको बिटा टेस्टिङका लागि उनले ३ सय साथीहरूसँग सहयोग मागेका थिए । उनले सन् १६ जुलाई १९९५ मा मात्रै विश्व चर्चित दक्षिण अमेरिकाको नदी अमेजनको नामबाट अमेजन डट कम खोलेका थिए ।
हेलिकोप्टर दुर्घटनामा बालबाल बाँचे
सन् २००३ को कुरा हो, बेजोस एक हेलिकोप्टरमा सवार थिए । उनी टेक्सास जाँदै थिए । उनका साथ वकिल टाइ हल्याण्ड र पायलट चार्ल्स बेला दुई जना सँगै थिए । सोही क्रममा तेज हावाका कारण हेलिकोप्टर अनियन्त्रित भई एक नदीमा खसेको थियो । बेजोस तथा पायलटलाई सामान्या चोट लाग्न पुग्यो ।
पत्नीसँग सम्बन्ध विच्छेद गरी प्रेमिकाको साथ
बेजोसले अमेजन कम्पनीको सुरूवात गर्दै गर्दा पत्नी म्याकेजी बेजोसले ठूलो भूमिका खेलेकी थिइन् । उनीहरूबीच ३ सेप्टेम्बर १९९३ मा विवाह भएको थियो । विवाहको २५ वर्षपछि उनीहरूबीच सम्बन्ध विच्छेद हुन पुग्यो ।
सन् २०१९ मा भएको उनीहरूको सम्बन्ध विच्छेदले विश्वको ध्यान केन्द्रीत गर्न पुग्यो । बेजोसले पत्नीलाई सम्बन्ध विच्छेदपछि ३८ अर्ब अमेरकी डलर बराबरको सम्पती दिएका थिए । सम्बन्ध विच्छेदसँगै म्याकेजी विश्वको सबैभन्दा धनी महिलाको चौथो स्थानमा पुगेकी थिइन् ।

लरेन्स साञ्चेजसँग प्रेम सम्बन्धमा रहेका बेजोसले सम्बन्ध विच्छेदपछि सँगै बस्दै आएका छन् । उनी एक एक एमी पुरस्कार विजेता तथा टेलिभिजनकी एङ्कर छिन् । साञ्चेजले पहिला नै दुईपटक विवाह सम्बन्ध विच्छेद गरिसकेकी थिइन् ।
दुई श्रीमानबाट साञ्चजेले ३ बच्चालाई जन्म दिएका छिन् । यता बेजोसको ४ बच्चाहरू रहेका छन् ।
स्पेस यात्रामा जाने तयारी
बेजोसले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो सपना पूरा हुन लागेको बताएका छन् । उनले भनेका छन्, ‘जब म पाँच वर्षको थिएँ, तब मैले स्पेस (अन्तरिक्षा)को यात्रा गरिरहेको सपना देखेको थिएँ, अब २० जुलाईका दिन म आफ्ना भाइका साथ अन्तरिक्षाको यात्रा गर्दै छु ।’
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया