निर्वाचनका लागि जुट्यो आयोग
निर्वाचन आयोगले बनायो चुनावी कार्यतालिका (तालिका सहित)
असोज २० र २१ गते पहिलो चरण र असोज ३१ र कात्तिक १ मा दोस्रो चरणको चुनावका उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधीसभा निर्वाचनको चुनावी कार्यतालिका बनाएको छ । सरकारले कात्तिक २६ र मंसिर ३ मा दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि आयोगले कार्यतालिका तय गरेको हो ।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुका लागि दल दर्ता, उम्मेदवारी दर्ता, चुनाव चिन्ह प्रदान गर्ने देखि निर्वाचन केन्द्रका अधिकृत चयन सम्मको कार्यतालिका आयोगले बनाएको हो ।
निर्वाचन प्रयोजनका लागि भन्दै उसले पहिलो चरणको निर्वाचन कात्तिक २६ गतेका लागि उम्मेदवारका लागि असोज २० र २१ गते समय तय गरेको छ ।
त्यस्तै दोस्रो चरणका मंसिर ३ का लागि असोज ३१ र कात्तिक १ मा उम्मेदवारी मनोनयनको कार्यतालिका तोकेको छ ।
पहिलो चरणका उम्मेदवारहरुको अन्तिम नामावली असोज २५ गते नै सार्वजनिक गर्ने र उम्मेदवारहरुलाई चुनाव चिन्ह् पनि सोही दिन नै दिने गरी आयोगले कार्यतालिका बनाएको छ। त्यस्तै दोस्रो चरणका लागि कात्तिक ७ गते उम्मेदवारहरुकोअ नितम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाइक्षर्् चुनावचिन्ह दिने तयारी आयोगले गरेको छ ।
यधपी प्रतिनिधीसभा विघटनको विषय अहिले अदालतमा छ । अदालतले यसै साता यस विषयमा निर्णय गर्ने तयारी छ ।
राजनीतिक दल दर्ता साउन १६ देखि २३ गतेसम्म गर्ने र त्यसै अवधीमा राजपत्रमा दर्ता भएका दलहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि आयोगले बनाएको छ ।
निर्वाचनको अनितम मतदाता नामावली भदौं २३ गते प्रकाशन गर्ने आयोगले कार्यतालिका बनाएको छ।
हेर्नुहोस आयोगले बनाएको कार्यतालिका






















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया