प्रधानन्यायाधीशको प्रश्न : एमालेको विकल्पमा सरकार बन्ने देखिन्न, अब के हुन्छ ?

काठमाडौं । प्रतिनिधि सभा विघटनविरद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ जारी रहेको छ । आज संवैधानिक इजलासमा रिट निवेदक पक्षको बहस सुरु भएको छ ।
रिट निवेदकलाई प्रश्न गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पहिले वैकल्पिक सरकार बन्ने सम्भावना देखिएकाले संसद पुनःस्थापना गरेको तर अहिले त्यस्तो अवस्था नभएकाले अब के हुन्छ भनेर प्रश्न गरेका छन् । राणाले रिट निवेदक तर्फका वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई एमालेको विकल्पमा सरकार बन्ने देखेर ११ फागुनमा अदालतले संसद् पुनःस्थापना गर्यो । अहिले यस्तो विकल्प देखिन्न, अब के हुन्छ भनेर प्रश्न गरे ।
जवाफ दाहालले भने, ‘वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म संसद विघटन गर्न पाइदैन । सार्थकता दिन्छ भनेरै आएका हौं, वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म विघटन गर्न पाइँदैन ।’
फेरि राणाले सोधे, ‘संविधानको धारा ७५ (५) प्रधानमन्त्री बनाउन हो कि संसदको स्थायित्वका लागि हो ? उपधारा ५ को व्यवस्था स्थायित्वका लागि हो कि प्रधानमन्त्री बनाउन मात्र हो ? संसद् आफ्नो आयु ५ वर्षसम्म चलोस् भनेर हो कि प्रधानमन्त्री बनाउन मात्र हो ? तपाईंको रिट निवेदनको बुँदा हेर्दा त फेरि पनि संसद् आफनो पूरा आयुसम्म जीवित रहन्छ भन्ने कुरा । माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा यो कुराले सार्थकता दिन्छ जस्तो लाग्छ ?’
जवाफमा दाहालले उपधारा ५ दलको नभएको तर्क गरे । उनले अहिले संविधान रक्षाको प्रश्न आएको र अदालतले पनि संविधान रक्षालाई प्रथामिकता राख्नुपर्ने बताए । उनले दलको कुरा नभइ सांसदको हस्ताक्षरको कुरा भएको भन्दै एमाले वा अरूका मान्छे नभइ आहिले अदालतले संविधान रक्षा गर्नुपर्ने बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया