प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार गरे : श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि प्रहार गरेको बताएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै श्रेष्ठले विदेशीसँगको मिलेमतोमा प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार गरेको बताए ।
उनले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर धोकाधडी गर्नुभयो उहाँ राष्ट्रिय लम्पासारवादमा जानुभयो । अहिले कालापानीको कुरा उठ्दैन, ईपीजीको कुरा उठ्दैन । विदेशी हस्तक्षेप स्वीकार गरिरहनु भएको छ।’ लोकतान्त्रिक संस्कृतिविरुद्ध आत्मकेन्द्रित चिन्तनको उहाँ शिकार हुनुभयो । संविधान, लोकतन्त्र गए जाओस् तर पद छोड्दिन्नँ भन्नेतिर जानु भयो ।’
उनले राष्ट्रियताको रक्षा गर्न संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उनले सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुर्नः स्थापना गर्ने बताए ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया