एक्सपायर भएको एटिएम प्रयोग गरेर ३४ लाख चोरी, २ जना पक्राउ

काठमाडौं । मिति सकिएको (एक्सपायर) भएको एटीएम कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको एटीएमबाट रकम चोरी गर्ने २ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसरले मिति सकिएको (एक्सपायर) भएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख रुपैयाँ चोरी गरेको अभियोगमा ३० वर्षीया सावित्री तामाङ र ५७ वर्षे जगत गुरुङलाई आइतबार पक्राउ गरेको हो ।
चोरीका लागि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को स्वीच प्रयोग भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले मेरोन्युजलाई बताए । प्रहरीको प्ररम्भिक अनुसन्धान अनुसार उनिहरुले गत असार १३ गते देखि बैंकका एटिएमबाट पैसा चोरी गर्न थालेका थिए ।
एक्सपायर भएको एटिएमको खातामा पैसा समेत नरहेको प्रवक्ता बस्नेतले जनाए । प्रहरीले उनीहरुको कालोपुलस्थित डेराबाट ३० लाख रुपैयाँभन्दा बढी बरामद गरेको छ ।
यसअघि पनि नेप्सको प्रणालीगत कमजोरीका कारण चिनियाँ ह्याकरले नेपाली बैंकबाट पैसा चोरी गरेका थिए ।
















इरान–अमेरिका तनाव चर्कियो
लुम्बिनीमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
सुरक्षा व्यवस्था थप सुदृढ बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन
न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया