एक्सपायर भएको एटिएम प्रयोग गरेर ३४ लाख चोरी, २ जना पक्राउ

काठमाडौं । मिति सकिएको (एक्सपायर) भएको एटीएम कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको एटीएमबाट रकम चोरी गर्ने २ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसरले मिति सकिएको (एक्सपायर) भएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख रुपैयाँ चोरी गरेको अभियोगमा ३० वर्षीया सावित्री तामाङ र ५७ वर्षे जगत गुरुङलाई आइतबार पक्राउ गरेको हो ।
चोरीका लागि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को स्वीच प्रयोग भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले मेरोन्युजलाई बताए । प्रहरीको प्ररम्भिक अनुसन्धान अनुसार उनिहरुले गत असार १३ गते देखि बैंकका एटिएमबाट पैसा चोरी गर्न थालेका थिए ।
एक्सपायर भएको एटिएमको खातामा पैसा समेत नरहेको प्रवक्ता बस्नेतले जनाए । प्रहरीले उनीहरुको कालोपुलस्थित डेराबाट ३० लाख रुपैयाँभन्दा बढी बरामद गरेको छ ।
यसअघि पनि नेप्सको प्रणालीगत कमजोरीका कारण चिनियाँ ह्याकरले नेपाली बैंकबाट पैसा चोरी गरेका थिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया