भारतमा कोरोना संक्रबाट निको हुने दर ९७.११ प्रतिशत

भारत । भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना संक्रमण भएको छ ।
गत जुून २९ बाट यहाँ ४० हजार भन्दा कम व्यक्तिमा मात्र कोरोना संक्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना संक्रमितको कूल संख्या तीन करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले जनाइएको छ । यसै अवधीका भारतमा कोरोना संक्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या चार लाख २ हजार ७२८ पुगेको छ ।
हाल भारतमा चार लाख ८२ हजार ७१ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ४२ हजार ३५२ व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९७ लाख ४३० कोरोना भाइरस मुक्त भएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो ।
सो समयदेखि हालसम्म यहाँ ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४१ करोड ९७ लाख ७७ हजार ४५७ व्यक्ति लाई कोरोना भाइरस परिक्षण गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ । रासस
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया