कोपा अमेरीका र यूरोकपमा सट्टाबाजी गर्ने ८ जना पक्राउ

काठमाडौं । युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप (२०२०) र कोपा अमेरिका कप फुटबल खेलमा सट्टाबाजी गर्ने ३ भारतीय सहित ८ जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले काठमाडौंको सुकेधारा बस्ने ५६ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, पर्साको विरगंज घरभई हाल काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवनको खैरहनी घर भई हाल काठमाडौंको धापासी बस्ने ४५ वर्षीय गोविन्द प्रसाद आचार्य र मोरङको विराटनगर घर भई हाल काठमाडौंको मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्तालाई पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले छिमेकी राष्ट्र भारतको बिहार पुर्बिचम्पारणस्थित रक्सौल घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय अशोक कुमार गुप्ता, भारतको हरियाना विवरनीस्थित घर भई हाल काठमाडौंको इन्द्रचोक बस्ने ४९ वर्षीय राजेश कुमार अग्रवाल र भारतको राजस्थान झुनझुनस्थित सुरजगढ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाललाई समेत पक्राउ गरेको महानगरीय अपराध महाशखाले जनाएको छ ।
गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाटउनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुको साथबाट नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरी आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौं पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया