जनतामा जाने कसैसँग हिम्मत छ ? : देवेन्द्र दाहाल

काठमाडौँ । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले पहिलोपटक विघटित प्रतिनिधिसभा पुनस्र्थापनापछि केही काम गर्न नसकेको भन्दै निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरे ।
उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरू कसैसँग जनतामा जाने हिम्मत नभएको बताएका थिए । उनले भने, ‘विपक्षीहरू कसैसँग जनतामा जाने हिम्मत देखिदैन ।’
उनले संसदीय अभ्यासको नाम गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे । निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनु पर्यो भन्दै वरिष्ठ नेताहरू हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लागेको उनको आरोप थियो ।
सरकारले कोभिड–१९ दोश्रो लहरको समयमा अत्यावश्यक अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरे । उनले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे ।
संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताए । बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुनस्र्थापनाको माग गरे ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया