नेप्सेमा दोहोरो अंकले गिरावट

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज सोमबार ११ दशमलब ७८ अंकले ओरालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४२ प्रतिशत कम रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार भएका ११ कम्पनी समुहका उपसुचकमध्ये ६ वटाले घाटा व्यहोरेकाले नेप्से घटेर २ हजार ८ सय २२ दशमलब ७३ बिन्दुमा पुगेको छ ।
स्टक एक्सचेञ्जका अनुसार कूल २ सय २४ कम्पनीको ५२ हजार ८ सय ४६ कारोबारबाट ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँ बराबरका १ करोड ६३ हजार ६ सय ३६ कित्ता शेयर किनबेच भएका छन् ।
यसैबीच स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ३ कम्पनीको गरि कुल २४ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । ३ लघुवित्तको गरि कुल २४ लाख २८ हजार २ सय १८ दशमलव ५७ कित्ता शेयर सुचिकृत भएको हो ।
स्वरोजगार लघुवित्तको १२ दशमबल ३९ प्रतिशतले हुन् आउने ४ लाख ५३ हजार ४ सय २१ दशमलव ७७ कित्ता बोनस शेयर र निर्धन उत्थानको १३ प्रतिशतले हुन आउने १९ लाख ५० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
त्यस्तै मिर्मिरे लघुवित्तको २४ हजार ७ सय ९६ दशमलव ८० कित्ता संस्थापक शेयर सुचिकृत भएको छ । मिर्मिरेले स्वेडा लघुवित्तलाई गाभ्दा बखतको कल इन एडभान्स वापतको रकम बराबरको शेयर सुचिकृत भएको हो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया