टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान
मेरोन्यूज
२०७८ असार २१ गते १६:११

काठमाडौं । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।
सम्बन्धित














पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया