देउवा भेट्न वुढानिलकन्ठ पुगे प्रचण्ड
अदालतमा फैसलाको अन्तिम चरणमा रहेको प्रतिनिधसभा विघटनको मुद्दा र निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका बारे छलफल हुने सम्भावना

काठमाडौं । पारिवारिक जमघटका लागि फपिङको एक रिसोर्टमा आइतबार साँझ देखि नै गएर वसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काग्रेस सभापति शेरवहादुर देउवा भेटन अहिले देउवाको वुढानिलकन्ठस्थित निवास पुगेका छन् ।
विहान पार्टी नेतृ पम्फा भुषालको ९३ वर्षिय आमाको निधनमा श्रद्दान्जली ब्यक्त गर्न र पार्टीको झण्डा ओढाएर सम्मान गर्नका लागि भुषाल निवास पुगेका प्रचण्ड त्यसपछि फेरि फपिङ नै पुगेका थिए । प्रचण्ड पत्नी सीता दाहाल र छोरी रेणुको जन्मदिनमा पारिवारिक जमघटका लागि फपिङमा थिए ।
उनी केही बेर अगाडी मात्रै कांग्रेस सभापति देउवाको निवास वुढानिलकन्ठ पुगेका हुन् ।
प्रतिनिधीसभा विघटन सम्वनधी मुद्दाको सुनुवाई अन्तिम चरणमा रहेको र अदालतको सहयोगीका रुपमा रहेको एमिकस क्यूरीका सदस्यले समेत बहस शुरु गरेको अवस्थामा विपक्षी गठवन्धनको थप रणनीतिका बारेमा छलफलका लागि प्रचण्ड देउवा निवास पुगेका हुन् ।
प्रतिनिधीसभा विघटन सम्वनधी मुद्दा सर्वाेचचमै रहेको र अदालतले त्यस सम्वन्धमा दुई तिन दिनभित्रै निर्णय दिन खोजिरहेका बेला अदालतको निर्णय समेत नपर्खिएर निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विपक्षी गठवन्धनका नेताहरुले आपत्ति जनाइृरहेका छन् ।
यो विषयमा पनि प्रचण्ड–देउवाका वीचमा छलफल हुन सक्ने बताईएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया