शनिबार, मंसिर ६, २०८२

देउवा भेट्न वुढानिलकन्ठ पुगे प्रचण्ड

अदालतमा फैसलाको अन्तिम चरणमा रहेको प्रतिनिधसभा विघटनको मुद्दा र निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका बारे छलफल हुने सम्भावना

मेरोन्यूज २०७८ असार २१ गते १६:१६

काठमाडौं । पारिवारिक जमघटका लागि फपिङको एक रिसोर्टमा आइतबार साँझ देखि नै गएर वसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काग्रेस सभापति शेरवहादुर देउवा भेटन अहिले देउवाको वुढानिलकन्ठस्थित निवास पुगेका छन् ।

विहान पार्टी नेतृ पम्फा भुषालको ९३ वर्षिय आमाको निधनमा श्रद्दान्जली ब्यक्त गर्न र पार्टीको झण्डा ओढाएर सम्मान गर्नका लागि भुषाल निवास पुगेका प्रचण्ड त्यसपछि फेरि फपिङ नै पुगेका थिए । प्रचण्ड पत्नी सीता दाहाल र छोरी रेणुको जन्मदिनमा पारिवारिक जमघटका लागि फपिङमा थिए ।

उनी केही बेर अगाडी मात्रै कांग्रेस सभापति देउवाको निवास वुढानिलकन्ठ पुगेका हुन् ।

प्रतिनिधीसभा विघटन सम्वनधी मुद्दाको सुनुवाई अन्तिम चरणमा रहेको र अदालतको सहयोगीका रुपमा रहेको एमिकस क्यूरीका सदस्यले समेत बहस शुरु गरेको अवस्थामा विपक्षी गठवन्धनको थप रणनीतिका बारेमा छलफलका लागि प्रचण्ड देउवा निवास पुगेका हुन् ।

प्रतिनिधीसभा विघटन सम्वनधी मुद्दा सर्वाेचचमै रहेको र अदालतले त्यस सम्वन्धमा दुई तिन दिनभित्रै निर्णय दिन खोजिरहेका बेला अदालतको निर्णय समेत नपर्खिएर निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विपक्षी गठवन्धनका नेताहरुले आपत्ति जनाइृरहेका छन् ।

यो विषयमा पनि प्रचण्ड–देउवाका वीचमा छलफल हुन सक्ने बताईएको छ ।

प्रतिक्रिया