एमिकस क्युरी पाठकको सुझाव : निर्वाचन उत्तम विकल्प

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि एमिकस क्युरी उषा मल्ल पाठकले संसद विघटन संविधानअनुसार भएको दाबी गरेका छन् । उनले आगामी दिनमा उत्तम विकल्प निर्वाचन मात्रै भएको बताएकी छन् ।
नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले धारा ७६ (५)मा विश्वासको मतका आधार हेरेर दाबी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको नै भएको बताएकी थिइन् ।
त्यस्तै, पाठकले धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेपछि धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले गरेको संसद विघटन संविधानसम्मत भएको दाबी गरेकी हुन् । ‘मुलुकलाई निकास दिन एकमात्र विकल्प चुनाव हो, त्यसैले रिट निवेदन खारेज हुनुपर्छ र चुनावमा जानुपर्छ,’ उनले थपिन् ।
राष्ट्रपतिले स्वविवेक प्रयोग गरी प्रधानमन्त्री चयन गरेको वरिष्ठ अधिवक्ता पाठकले दाबी गरिन् । उनले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै निर्वाचन गर्नु पर्नेमा जोड दिन माग गरेकी छन् ।
उनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने व्यवस्था संविधानमा नभएको बताइन् ।







ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया